बिद्यालयको परिचय लुम्बिनि प्रदेशको पाल्पा जिल्ला तिनाउ गाउंपालिका वडा नम्बर ६ मा अबस्थित यस श्री जनदीप माध्मिक बिद्यालय पाल्पा जिल्लाको दक्षिण पश्चिम क्षेत्रमा रहेको छ । नेपालको तराई भेगलाई पहाड सुंग जोड्ने प्रमुख राजमार्ग सिद्दार्थ राजमर्गको पाल्पा बुटवल खण्डको डुम्रे देखि करिब १ कि।मी। उत्तर पश्चिम भेगमा अबस्थित यस बिद्यालय बि।सं २०४७ सालमा स्थापना भएको थियो । यस बिद्यालयले बि।सं २०४७ साल पौष महिनाको ७ गते देखि औपचारिक रुपमा प्राथमिक तह बाट आफ्नो अध्यापन कार्य सुरु गरेको थियो र बि।सं २०६५ सालदेखि नि।मा।बि। हुदै हाल बि।सं २०७१ साल देखि मा।बि। तह कक्षा १० सम्म अध्यापन गराउदै आइरहेको छ । विद्यालयको भौगोलिक अवश्था र शेवा क्षेत्र समुद्रि सतह देखि करिब ८६० मिटर उचाईमा रहेको यस बिद्यालय ८३ङ्ढ३२६ु ३।६३ू देशान्तर र २७ङ्ढ५०६ु ३९।८३ू अक्षांशमा रहेको छ। चुरे क्षेत्रको नजिक रहेको यस क्षेत्रमा समसितोस्ण मौसम रहेको छ ।अधिकाशं मानिसहरुको पेशा कृषि रहेको यस क्षेत्रमा धान,मकै,गहुँ,कोदो जस्ता खाद्य बालि र आलु,अदुवा,तोरि,टमाटर आदि जस्ता नगदे बालि उत्पादन हुने गर्दछ । यहाँ आँप,कटहर,लिची,बेलउती,नश्पाती आदि जस्ता फलफूल तथा साल,सल्लो,चिलउने आदि रुखहरु भएको वन जङ्गल रहेको छ । यस विद्यालय कारिब १५ रोपनी भु भागमा रहेको छ । पहाडी ईलाकामा रहेको यस बिद्यालय अत्यन्त सुन्दर भौगोलिक स्थानमा अवश्थीत छ ।बिद्यालयको सामाजिक अबस्था र शेवा क्षेत्र । यस बिद्यालयको शेवा क्षेत्रको रुपमा तिनाउ गाँउपालिकाको बगैंचाबारि,बाह्रबिसे, बेलडाँडा,कोलाङ्ग,शारुटोल,शिखरडाँडा,चिदिस,भञ्ज्याङ,झ्याङ्ला,झाक्से,थानीडाँडा,टारिडाँडा, चर्चरे,जोरधारा लगायतका ठाँउहरु र तानसेन नगरपालिकाको डुम्रे,छाप,पोशटोल आदि स्थानहरु पर्दछन्। जनजातीहरुको बाहुल्यत रहेको यस क्षेत्रमा दलित ब्राह्मण, क्षेत्रि लगायतका जात जातिहारुको मिस्रित बासोबास राहेको छ।